- कृष्ण पाण्डे
बुटवल । मोडल मनिषा पोखरेलको दमदार नृत्यमा तीज गीत ‘युट्युब भरि हिट’ सार्वजनिक भएको छ । पोखरेलको दमदार अभिनयमा केही दिन अगाडि मात्र ‘युट्युब भरि हिट’ बोलको तीज गीत सार्वजनिक भएको हो ।

गायिका टिका सानु, गायक उज्वल गिरी (दानवीर) र नन्दु परियारको आवाजमा रहेको उक्त गीतको शब्द उज्वल गिरी (दानवीर) को हो भने लय नन्दु परियारको हो । भिडियोमा मोडल मनिषा पोखरेललाई नृत्यमा उज्ज्वल, रामु र प्रतिमाले साथ दिएका छन् । छोटो समयमै सबैको रुचीमा पर्न सफल भएको उक्त गीतको भिडियो उज्वल गिगरी (दानवीर) अफिसियल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
निर्देशक तथा छायाँकार बिष्णु भट्टराईको निर्देशन तथा छायांकनमा तयार पारिएको भिडियोको सम्पादन पनि बिष्णु भट्टराईले नै गरेका छन् । धेरै जसो स्टेज कार्यक्रमहरुमा व्यंग्यात्मक प्रस्तुति दिएर दर्शकहरुलाई हसाउन सफल उज्वल गिरी (दानवीर) ले अहिले भने ‘युट्युब भरि हिट’ नामक तीज गीत बजारमा ल्याएका हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।