काठमाडौं । ‘कार्टुन्ज क्रु’को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मीता दाहालको नयाँ गीतमा ‘कार्टुन्ज क्रु’का सरोज र आश्मा देखिएका हुन् । ‘मायालु तिमी कता छौ’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ ।
दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ, भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाइलीले गीत मिक्सिङग गरेका छन् । सार्वजनिक भिडियोलाई सेट लगाएर खिचिएको हो ।
जहाँ वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ । भिडियो छायाँकनका क्रममा ‘कार्टुन्ज क्रु’की आश्मा विश्वकर्मा बहोस हुँदा करिब ५ घण्टा अस्पतालमा राख्नु परेको निर्देशक सरोज ओलीले जानकारी दिएका छन् ।
म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनिश फागोले गरेका हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
