काठमाडौं । पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधरको ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ । गीतमा शब्द तथा स्वर लक्ष्मी तुलाधरको रहेको छ । गीतलाई नरेन्द्र प्यासीले संगीतबद्ध गरेका छन् ।
मुकेश हुमागाईको छायाँकन र प्रकाश एस.के. को सम्पादन रहेको उक्त म्यजिक भिडियोको निर्देशन आदित्य बुढाथोकीले गरेका छन् । भिडियोमा गायिका लक्ष्मी तुलाधर, शेरबहादुर मर्हजन र बाल कलाकार एसिया खड्काले फिचरिङ गरेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
