काठमाडौं । आगामी भदौ २० गते प्रदर्शनमा आउने चलचित्र ‘सोच’को पहिलो गीत ‘तिमीले मलाई साहारा’ सार्वजनिक भएको छ । एक्सन लभ स्टोरी जनरामा बनेको फिल्म सोचुमा सार्वजनिक गीतमा मुख्य कलाकार नीता ढुङ्गाना र प्रज्वल गिरी फिचर्ड छन् ।

शङ्कर अधिकारी घायलको शब्द रचना रहेको गीतमा योगेश काजी, जुनु गौतम र सुनिता थेगिङको स्वर र डिजे एलएक्सको सङ्गीत रहेको छ । पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेको चलचित्रमा नीता ढुङ्गाना र प्रज्वल गिरीका साथमा विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारहरूको पनि अभिनय छ ।
सोचमा कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको छ भने गङ्गा रजक प्रकाश र एस ।डी निर्माता रहेका छन् । चलचित्रलाई विदुर पाण्डेको छायाङ्कन, एनबि महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।