काठमाडौं । गायक सुरज मादेनकाे ‘तिमी मेरो खुसी पनि, तिमि मेरो जीवन पनि’ वाेलकाे म्युजिक भिडीयो सार्वजनिक भएकाे छ । पछिल्लो समय सागितिक आकासमा छुट्टै पहिचान स्थापित गरेका मादेनलाई यो गीतमा चर्चित गायीका सुनिता सुब्बाले साथ दिएकी छन् ।

अनान ‘के’ राईको शब्द रचना र संगीत रहेको गीतको भिडियोमा अञ्जु चौलागाई र अभि सुनारको मुख्य अभिनय रहेको छ । भिडीयोमा प्रेममा रहेका प्रेमि र प्रेमीकाबीचकाे रोमान्टिक मुडमा व्यक्त भएका मनकाे भावना चित्रण गर्न खोजिएको छ । गायक मादेनले लिम्बू, पूर्वेली लोकगीत आधुनिक गरेर हालसम्म पाँच दर्जनभन्दा बढी गीतहरु बजारमा ल्याइसकेका छन् ।
(भिडियाे)
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।