काठमाडौं । नेपाली फिल्म उद्योगका चार चर्चित अभिनेताहरुको अभिनय रहेको फिल्म ‘लप्पन छप्पन–२’को युरोपका विभिन्न देशका चर्चित शहरहरुमा धमाधम छायांकन भइरहेको छ ।
एउटै फिल्ममा चार जना चर्चित अभिनेताहरुसँगै काम गरेको यो पहिलो फिल्म हो ।
केही समय अघि नेपालमा यो फिल्मको केही दृश्य छायाँकनपछि ‘लप्पन छप्पन–२’ को युनिट युरोप उडेको थियो । फिल्मको ६०/७० प्रतिशत छायांकन युरोपमा हुने फिल्मका निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन् ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुप विक्रम शाही, नम्रता श्रेष्ठ र सुरविना कार्कीको मुख्य भूमिका रहनेछ । निर्देशक भट्टले यसअघि ‘लप्पन छप्पन’लाई पनि निर्देशन गरेका थिए ।
नेपालमा खासै चहलपहल नभएपनि ‘लप्पन छप्पन–२’ को सुटिङ युनिटको सेटमा कलाकारहरुको विभिन्न रुप सार्वजनिक भइरहेका छन् । जहाँ अभिनेता सौगात, दया, अर्पण र अनुपलाई आ–आफ्नै स्टाइलमा देख्न सकिन्छ । हुन त यी चार वटै अभिनेताहरु आफ्नो नयाँ स्टाइल, गेटअप र अभिनयका कारण चर्चित छन् ।
फिल्मलाई चर्चित सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । फिल्मको केही प्रतिशत छायाँकन अष्ट्रेलियामा पनि हुने ‘लप्पन छप्पन–२’ का कलाकार एवं कार्यकारी
निर्माता प्रकाश कुवँरले युरोपबाट जानकारी गराए । फिल्म ‘लप्पन छप्पन–२’ जबर्जस्त एक्सन, रोमान्स जनरामा हुनुका साथै यो फिल्म फरक कथावस्तुमा निर्माण भइरहेको निर्माण युनिटको् भनाइ छ । यो फिल्म फागुन ९ गतेबाट दर्शकमाझ रिलिज गरिने बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।

