
- कृष्ण पाण्डे
काठमाडाैं । टिभी सिरियल मेरी बास्सै लगायत अन्य सिरियलहरूबाट चर्चामा आएका सुरवीर पण्डित अहिले म्युजिक भिडियोमा व्यस्त छन् । पछिल्लो समयमा सुरवीरले अभिनय गरेका कैयौँ भिडियो ट्रेण्डिङ्गमा समेत परेका छन् ।
यसै सिलसिलामा अर्को रमाइलो तीज गीतकाे भिडियो सार्वजनिक भएको छ । विशाल रायमाझीको युट्युबबाट सार्वजनिक गरिएको भिडियोलाई विष्णु भट्टराईले निर्देशन छायाङ्कन तथा सम्पादन गरेका छन् भने अविरल फिल्म्सले दृश्य निर्माण गरेका छन् ।
करिश्मा ढकाल र सुरवीर पण्डित ‘दारी बा’ को अत्यन्तै रमाइलो अभिनय तथा नृत्य रहेको भिडियोको प्रस्तुत कर्ता विष्णु ठडराइ र माधव अधिकारी रहेका छन् ।
विष्णु ठडराइ र माधव अधिकारीकै स्वर,लय शब्द रहेको यो गीत बुटवलको सगुन रिसोर्ट र आसपासमा छायाङ्कन गरिएको छ ।
भिडियाे :
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।