एजेन्सी । बलिउडमा आफ्नो चञ्चल मुस्कान र अभिनयले दर्शकको माया बटुल्न सफल चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको छ ।

फोक्सो र मुटको समस्याबाट पीडित सिन्हाको केहि समयअघि मुम्बइको जुहुस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
उपचारकै क्रममा बिहीबार दिउँसो उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सिन्हा ७० –८० को दशककी चर्चित अभिनेत्री हुन्। उनका ‘छोटीसी बात’, ‘रजनीगन्ध’, ‘पति पत्नी औ वो’, ‘मुक्ति’ लगायतका फिल्म चर्चित थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।