काठमाडौं । बहुविवाहको आरोप लागेकी अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो।निर्माता छवी ओझासँग विवाह गरेपछि पहिलो श्रीमती हेमा ओझाले निर्माता ओझा र अभिनेत्री पोखरेलबिरुद्ध बहु–विवाहको मुद्दा दायर गरेकी थिइन् ।
अभिनेत्री पोखरेलले आफूविरुद्ध जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेसँगै सबैभन्दा पहिले उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् । उनले उच्च अदालतमा आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज हुनुपर्ने भन्दै आग्रह गरेकी थिइन् । तर, उच्च अदालतले पनि शिल्पाको सो निवेदनमा गत साउन २४ गते सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीको आदेश रोक्न अस्वीकार ग–यो ।
यसै आग्रहलाई लिएर अभिनेत्री पोखरेल सर्वोच्च अदालतको ढाेका ढकढक्याउन पुगेकी थिइन् । सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सोही दिन अदालतमा उपस्थित हुन शिल्पालाई आदेश दिएको छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।