काठमाडौं । बलिउड अभिनेता रणदीप हुड्डाको जन्म २० अगष्ट १०७६ मा हरियाणाको रोहतकमा भएको थियो । थिएटरमा आफ्नो छुट्टै पहिचान बनाएका रणदीप हुड्डा घोडासवारीको खुब शौखिन छन् । कक्षा आठमा पढ्दै गर्दा उनी घोडा सवारी गर्ने क्रममा लडेर घाइते भएका थिए । त्यसपछि उनले केही वर्षका लागि घोडासवारी (हर्षराइडिङ) गरेनन् ।
अभिनेता रणदी हुड्डाले आफ्नो करियरमा कयौं सुपरहिट फिल्महरु गरे । फरक–फरक गेटअपमा देखिएका रणदीपका कयौं फिल्महरु बक्स अफिसमा हिट भएका छन् । रणदीपका केही यस्ता फिल्महरु छन्, जहाँ रणदीपको चर्चा नभई फिल्मकी अभिनेत्रीको चर्चा खुब गरियो ।
१. रंगरसिया– २०१४
–यो फिल्ममा अभिनेता रणदीप हुड्डाले १९ औं दशकको चित्रकार राजा कवि वर्माको भूमिका निभाएका थिए । फिल्ममा उनले कुशल भूमिका निभाएका थिए, तर पनि उनले चर्चा पाउन सकेनन् । फिल्ममा रणदीपको भन्दा पनि नंदना सेनको चर्चा खुब भयो । नंदना सेनले फिल्ममा इन्टिमेट सिन दिएकी थिएकी थिइन् ।
२. हाइवे– २०१४
–इम्तियाज अलीको निर्देशनमा बनेको यस फिल्ममा आलिया भट्ट मुख्य अभिनेत्रीको भूमिकामा थिइन् । उनको चर्चा हुनु जायज पनि थियो, किनभने फिल्म आलियामै केन्द्रित थियो । फिल्ममा आलियाको अभिनयलाई खुब रुचाइयो । महावीर भाटी गुज्जरको भूमिकामा देखिएका रणदीपलाई नोटिश गरिएता पनि उनको खासै चर्चा हुन सकेन ।
३. साहेब बीवी और गैंग्सटर–२०११
–तिग्मांशु धुलियाले निर्देशन गरेको यस फिल्ममा रणदीप हुड्डाको भूमिका दमदार थियो । उनी एक गुस्सैल ब्यक्तिको भूमिकामा देखिएका थिए । उनले आफ्नो भूमिकालाई कुशलता पूर्वक निभाएका थिए । तरपनि फिल्ममा उनको चर्चा खासै भएन । बरु माही गिल र जिम्मी शरगिलको चर्चा धेरै भयो ।
४. सरबजीत –२०१५
सरबजीतको जीवन र संघर्षमा बनेको यो फिल्ममा रणदीप हुड्डा मुख्य भूमिकामा थिए । यो फिल्मको लागि रणदीपले जबरजस्ती ट्रान्सफर्मेशन समेत गरेका थिए । फिल्ममा ऐश्वर्य राय बच्चनले सरबजीतको बहिनीको भूमिकामा देखिएकी थिइन् । त्यसोत पूरै फिल्ममा रणदीपको नभई अभिनेत्री ऐश्वर्यको भूमिकाको चर्चा धेरै भयो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
