- हरिशजङ्ग क्षेत्री
काठमाडाैँ । वर्तमान नेपाली समाजमा महिला हिंसाले प्रत्सय पाईरहेका बेला राजधानीको सर्वनाम थिएटरले महिला हिंसा र बिद्रोहलाई झल्काउने नाटक ‘अर्को कुरुक्षेत्र’ प्रस्तुत गरिरहेको छ । ‘अर्को कुरुक्षेत्र’ नाटक सम्पदा मल्लको कथा, अशेष मल्लले परिकल्पना, लेखन तथा निर्देशन गरेका हुन् ।
१२ बर्ष पछि नेपाली रंगमञ्चमा उषा रजक फर्किएकी छन् । नाटकको प्रमुख पात्रको अभिनय मार्फत परापुर्व कालदेखि महिलाहरुले भोग्दै आएका भोगाई र बिद्रोहलाई रंगमञ्चमा जस्ताको त्यस्तै निर्देशकले देखाउन खोजेका छन् ।

जो परापुर्वकालमा द्रौपदीदेखि निर्मलासम्म र सीताको अग्निपरीक्षादेखि रामबतियाको अग्निदाहसम्मको प्रतीकात्मक कोलाजिय प्रस्तुति दिने सोच आइरहेका कथाकारको यो कथाले सबैकाे मन छुन सक्छ जस्ताे लागेर त्यही कथालाई रंगमञ्च मार्फत नाटकमा उतार्न खोजेको निर्देशक अशेष मल्लले जानकारी दिए ।
हाम्रो देशमा २००७ सालदेखि ६२र६३ सम्म आउँदा ठुला राजनीतिक परिवर्तनहरु त आए तर सामाजिक चेतनाको जुन रूपमा विकास हुनु पर्ने हो त्यो हुन सकेको छैन । स्कुलका किताब, सभा, सेमिनार र हिंसा भैसकेपछिको आन्दोलनमा खुबै भाषण नारा त्यो बेला देखी यो बेलासम्म निरन्तर सुनिए पनि महिलाका घटनामा कमि आउनुको साटो समाजमा महिलाहरूले अझै पनि हिंसा खेपिरहेका छन् ।
महिला हिंसाविरुद्ध बेहङ्गम रूपमा गाउँ, शहरहरुबाट आवाज उठेता पनि महिला हिंसाका घटनाहरुले रोकिने नाम लिइरहेका छैनन् । त्यतिबेला सत्ययुगमा द्रोपदी, सीताले भोगेका जस्तै यातनाहरु कलियुगका कलिला देखि वयोवृद्ध द्रोपदी र सिता रूपी नारीहरुले अहिले पनि निरन्तर हिंसा भोग्दै आइरहेका छन् । यतिबेला नेपालमा दुई तिहाईको सत्ता र शक्तिमा बसेका नेतागणहरु तै चुप मै चुप भन्दै मौन छन । जसरी मौन थिए सत्यजुगका भीम र अर्जुनहरू ।
वर्तमान नेपाली समाजमा द्रौपदी र सिताले जस्तै यातना भोग्नेहरु धेरै छ्न । अझै कतिले भोग्ने हुनरु कहिलेसम्म यातनाहरु भोग्दै आफ्नो ज्यानको आहुती दिने हुन मैना, कविता र निर्मलाहरुलेरु नाटक मार्फत प्रश्न गरिएको छ ।

‘अर्को कुरुक्षेत्र’ नाटकको कथामा प्रवाह हुने पात्रको आरोह(अवरोहलाई अन्तसम्म डोर्याउने कथा भन्दा पनि कथाका अनेक मोडहरुमा पात्रहरू कोलाज भएर आएको नाटकमा देख्न र महसुस गर्न सकिन्छ । धेरै पात्रको भुमिका एक अभिनेत्रीले निर्वाह गर्दा मलाई निर्देशकीय चुनौतीपूर्ण लागेको नाटकका निर्देशक मल्लले बताए ।
नाटक मार्फत परम्परा र नविनताबीचको द्वन्द्वलाई प्रमुख रुपमा देखाउने प्रयास गरिएको छ । नाटकको प्रमुख पात्रका रूपमा अभिनय गरेकी उषा रजकले तीन तीन पुस्ताको रूपमा अभिनय गर्न एकदमै चुनौतीपूर्ण रहेपनी निरन्तरताको अभ्यासले सहज बनाएको उषा बताउछिन् । १२ बर्ष पछि रंगमञ्चमा फर्किएकी उषाले आफ्नो अभिनय कलाले नाटकलाई न्याय गरेकी छिन्।
धेरै बर्ष पछाडी नेपाल आउँदा बिदेशी भाषाको प्रभाव बढ्दा नेपाली भाषा बिर्से जस्तो भएको थियो तर निरन्तरको अभ्यास कर्मले आज तपाईं सामु जे छ प्रष्ट छ उहाले प्रतिक्रिया दिनु भयो ।
नाटक हेर्न आएका आम दर्शनहरु र भिआईपीहरुले नाटकका पात्रहरु र नाटकको खुलेरै प्रसंशा गरिरहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।