साउथका सुपरस्टार प्रभाष र बलिउड अभिनेत्री श्रद्धा कपुर स्टारर् फिल्म ‘साहो’ गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायालम भाषामा रिलिज भएको ‘साहो’ले बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरिरहेको छ । तर, सोसल मिडियामा ‘साहो’को बारेमा नकारात्मक टिप्पणी भइरहेको छ ।
रिलिजमा आएको तीन÷चार दिनमै कयौं बक्स अफिस कलेक्शनहरुको रेकर्डहरु तोडिरहेको समयमा एक फ्रेन्च निर्देशकले ‘साहो’लाई चोरीको आरोप लगाएका छन् । फ्रेन्च निर्देशक जेरोम सल्लीले प्रदर्शनरत प्रभाषको ‘साहो’ले उनको फिल्म ‘लार्गो विंच)को कपी गरेको आरोप लगाएका छन् ।
निर्देशक सल्लीका अनुसार चोरी पनि बेकार तरिकाले गरिएको छ । सोही कारण उनले सोसल मिडियामा लगातार ‘साहो’को बारेमा नकारत्मक टिप्पणी गरिरहेका छन् । यो भन्दा पहिल्यै पनि तेलुगु निर्देशकहरुले जेरोम सल्लीको फिल्मलाई कपी गरिसकेका छन् । उनले ट्वीट गर्दै भनेका छन्– ‘लार्गो विंचको ‘फ्रीमेक’ जस्तो लाग्छ, जुन पहिलो भन्दा पनि निकै खत्तम बनाइएको छ । कृपया तेलेगु निर्देशकहरु ! यदि मेरो कामलाई चोरी गर्नुहुन्छ भने सही तरिकाले चोरी गर्नुस् ।’
त्यस्तै उनले थपेका छन्– ‘र मेरो ‘भारतीय करियर’को सुरुवात मुस्किलमा छ । सरी, यस मामलामा तपाईलाई कुनै मद्दत गर्न सक्दिन ।’ जेरोम सल्लीको यस ट्वीटमाथि विश्वभर कमेन्ट गरिरहेका छन्, तर ‘साहो’ फिल्मको निर्माण टिम भने मौन छ ।
यो भन्दा पहिल्यै अभिनेत्री लिजा रेले पनि ‘साहो’माथि एक आर्टिष्टको आर्टवर्क कपी गरेको आरोप लगाएकी थिइन् । उनले पेन्टिङसँगै ‘साहो’को एक सिनको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आरोप लगाएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।