काठमाडौँ । ‘नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६ को फारम भर्ने अब केही दिन मात्र बाँकी छ् ।
नेपालभित्र र बाहिरबाट समेत सजिलै फारम भर्न सकिने आयोजक ओएसनेपालले जनाएको छ । फारम भर्नका लागि डारेक्ट कल (याे नम्बरमा ९८४९२८११८८) गर्न सकिनेछ । साथै ओएसनेपालको कार्यालयमा उपस्थित भएर पनि फारम भर्न सकिने आयोजकले जनाएको छ ।
यस अर्वाडमा ५८ वटा विधा रहनेछन् । तर फारम भर्नुअघि केही नियम वा सर्त भने सहभागी हुन चाहनेले पूरा गरेको हुनुपर्छ । जसअनुसार, अवार्डमा भाग लिनका लागि २०७५ जेठ २१ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्नेछ ।
अवार्डबारे अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ । तामाङ्ग र सुनुवार भाषाका गीतहरू २०७४ जेठ १ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत र भिडियो भए पनि मान्य हुनेछ । गायक र गायिकाको हकमा म्यूजिक भिडियो नआएको भए पनि अडियोको हकमा सहभागी हुन सक्नेछन् ।
ओएस नेपाल म्युजिक अवार्ड- २०७६ मा ‘हिमालयन फाउण्डेसन क्रप, न्यूयोर्क क्यालिफोर्निया अमेरिका’ तथा ‘गोल्डेन स्टेट मुभी मेकर, क्यालिफोर्निया अमेरिका’ ले प्रयाजोन गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।