काठमाडौं । यो वर्षको गाईजात्रा पहिलो भन्दा विशेष भएको हाँस्यव्यंग कवि शैलेन्द्र सिम्खडाले जानकारी गराउनुभएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘छ प्रश्न’मा टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग कुरा गर्दै उहाँले आफूहरु गाइजात्राको अन्तिम चरणमा रहेको बताउँदै यो वर्ष गाईजात्रालाई नयाँ मोड दिइएको बताउनुभएको छ ।
नियमित काठमाडौंमा मात्र हुने गाईजात्रालाई प्रदेश–प्रदेशमा गाईजात्रा भनेर सातै प्रदेशमा गरी काठमाडौंको राष्ट्रिय सभागृहमा समापन समारोह गरिएको थियो ।
उहाँले भन्नुभयो– ‘प्रदेश–प्रदेशमा गाईजात्राको कन्सेप्ट चाँही मनोज गजुरेल जीको हो । यसको जस चाँही मैले उहाँलाई दिन चाहन्छु । प्रदेश–प्रदेशमा धेरै साथीभाईहरुले गाईजात्राको चाह गर्नुभएको छ । त्यहाँ के छ भनेर बुझ्दाखेरी, विकास प्रदेश–प्रदेशमा पुग्न ढिला भो, संघीयताको कार्यान्वयन हुन ढिला भो लगाएतका कुराहरु आएको भनेर मनोज गजुरेल जीले भन्नुभयो । त्यसपछि मैले तत्कालै ‘राजनीतिले बाँढेको छ सात प्रदेशमा यो देश, संस्कृतिले जोडेको छ हिमाल–पहाड–मधेश, बिकास आउन ढिला भयो सिमेन्ट डन्डी अलकत्रा, संस्कृतिले पाइला सा-यो प्रदेश–प्रदेशमा गाईजात्रा’ भन्ने स्लोगन निर्माण गरेँ र प्रदेश–पद्रेशमा गाईजात्रा सुरु गरियो ।’
उहाँले थप्नुभयो– ‘पहिले–पहिले हाँस्यव्यंग्यको असर समाजलाई निकै हुने गर्दथ्यो । तर, अहिले चाँही यसलाई रमाइलोको रुपमा लिइन्छ । त्यसैले म चाँही हाँस्यब्यंग्यबाट गम्भीर भएको छु । यसपाली मेरो प्रस्तुति त्यति साह्रो ठट्यौली छैन । मैले गम्भीर प्रश्नहरु उठाएको छु । जसको जावफदेहिता राज्य हुनुपर्छ । जनता हुनुपर्छ, सरकार हुनुपर्छ । साथै मैले ती समस्याहरुको हल कसरी हुन्छ भनेर सोलुसन पनि दिएको छु ।’
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।