- ममता कार्की
पाल्पा । गुल्मेली युवा गायक संगीत मगरले आफ्नो मार्मिक गीत बजारमा आशिका प्रोडक्सन मार्फत जतीमाया दिन सक्छेउ देउ नामक लोक गीत सार्वजनिक भएको छ ।
गीतको सम्पूर्ण छायाँकन पाल्पाको ढुङ्गाखानी र तानसेनको आसपासमा गरिएको छ । पाल्पा अति सुन्दर,रमणीय र सुटिङ्गको लागी पनि मिल्दो जुल्दो स्थानहरु भएकोले गर्दा नै ठुलो पर्दाका फिल्म देखि लिएर सबै खाले दृश्य निमार्णको लागी पाल्पा धेरै कलाकारहरुको रोजाइमा रहने गर्दछ ।
जतीमाया दिन सक्छेउ देउमा स्वर संगीत मगर र रुपा घर्र्ती मगरको रहेको छ । शब्द विष्णु सिंजालीको र लय ठेगो स्वयम संगीत मगर कै रहेको छ । भिडियोमा संगीत मगर र नव नायिका आईस्मा कुवँरको अभिनय रहेको छ ।
गीतको कथामा एउटा गरिव र धनी विचको विभेद पूर्ण प्रेम कथालाइ लिएर बनाइएको हुनाले गर्दा पनि सबै नेपाली तथा विदेशी दाजुभाई, दिदी वहिनी आमा,बुवाहरु सबैको मन जित्न सक्ने बिश्वास गीतका युवा निर्देशक शंकर घिमिरेको दावी गरेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।