काठमाडौं । ‘चपली हाइट-२’ फिल्मबाट नेपाली फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेकी अभिनेत्री परमिता आरएल राणाले तेलेगु फिल्ममा पनि काम गर्ने भएकी छन् । अभिनेत्री राणाले फेसबुक पेज मार्फत आफूले तेलेगु फिल्ममा डेब्यु गर्दै गरेको जानकारी गराएकी हुन् ।
नाम नखुलाइएको उक्त तेलेगु फिल्ममा मुख्य अभिनेताको रुपमा गोपीचन्द रहनेछन्, भने मुख्य अभिनेत्रीको रुपमा परमिता आरएल राणा हुनेछन् । गत शुक्रबार हैदरबादको एक मन्दिरमा यो फिल्मको शुभमुहूर्त गरिएको भिडियोसमेत अभिनेतत्री राणाले आफ्नो पेजमा सेयर गरेकी छन् ।
अभिनेत्री राणाले साउथका सुपरस्टार गोपीचन्दसँग स्क्रिन सेयर गर्न पाउँदा धेरै खुसी लागको बताएकी छन् । एसबीसीसीको ब्यानरमा बनिरहेको यो फिल्मलाई बिनु सुब्रह्मण्यमले निर्देशन गरिरहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।