काठमाडौं । निर्माता भूवन केसीको फिल्म ‘एन्टी हिरो’ छायांकन पूर्व नै ओभरसिज राइटस् बिक्री भएको छ । केसीको फिल्म जापानको सुर्य कर्पोरेशनले ओभरसिज राइटस् खरीद गरिएको हो ।
धबार चलचित्रका निर्माता भूवन केसी र कर्पोरेशनका प्रमुख बासुदेव लामिछानेविच सहमतीमा हस्ताक्षर भएको बताइएको छ । फिल्ममा अभिनेता अनमोल केसी र भूवन केसीको मुख्य भूमिका रहने छ, भने अभिनेत्रीकाे खाेजी भइरहेकाे छ । पछिल्लो समय सूर्य इन्टरनेशनल फिल्म अवार्ड दोस्रो संस्करण २०१९ को तयारीमा छ ।
अब, सुर्य कर्पोरेशनले फिल्म वितरण गर्ने भएको छ । यसले ‘एन्टी हिरो’बाट फिल्म वितरणमा हात हालेको छ । बुधबार फिल्मका निर्माता भूवन केसी र कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेबीच सहमतीमा हस्ताक्षर भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।