तनहुँ । तनहुँ थर्पुमा जन्मिएकी कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम बनाउन सफल भएकी छन् । तनहुँकी गायिका भनिने देश विदेशलाई चिनाउदै आएकी कला लम्सालले यस वर्षको दशैंलाई ‘धानको चामल धानैको चिउरा’ गीत कोसेली बजारमा ल्याएकी छिन् ।
नेपाली फिल्म क्षेत्रमा एक्सन हिरो भनेर चिनिने नायक निखिल उप्रेती पहिलोपटक लोकदोहोरी गीतमा गायिका कला लम्साल संगै नाचेका छन् । गीतमा लोकप्रिय सर्जक रमेश बिजि को उत्कृष्ट शब्द सिर्जना छ भने युवा गायक तथा सर्जक तिलक ओलि को लय सिर्जना रहेको छ ।
आफनै लगानीमा निर्माण गरेको उक्त भिडियो अहिले आफनै नयाँ युट्युव च्यानलबाट सार्वजनकि गरेको भिडियो छन् । मौलिक गीत गाउँने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले यसअघि पातली, ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी’ लगायतका तीज गीत बजारमा ल्याएकी छिन् ।यस भन्दा अगाडी सार्वजनिक गरेको पातली गत सर्वसाधरणले निकै रुचाएका थिए । लग दुई करोड भन्दा बढी उक्त पातली गीत हेरका छन् ।
कलाका ११ वटा भन्दा बढी एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् । उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रहेकोद थियो । हरितालिका तीज लोक संस्कृतीको जर्गेना गर्ने पर्व भएकाले आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएको गायिका लम्सालले बताइन ।
उनले तीज सँग नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नका लागि मौलिक गीतको निर्माण तर्फ लागेको बताईन्तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् ।
सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् । उनले सांगीतिक क्षेत्रमा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई अघि बढाउने योजना छ । उनले वि.सं २०६३-६४ सालतिर संगीतको कक्षा लिएको थिईन् । अहिले उनले व्यवहारिक रुपमा नै धेरै कुरा सिक्दै आएको बताईन्
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।