एजेन्सी । हलीउड अभिनेत्री डैमी मूरले अमेरिकाको एउटा टेलिभीजन कार्यक्रम ‘गुड मर्निङ अमेरिका’मा आफ्नो बारेमा एक खुलासा गरेकी छन् । डैमीकी आफ्नै आमाले उनलाई ५ सय डलरका लागि रेप गर्न लगाएको खुलासा गरेकी हुन् ।
डैमी मूर १५ वर्षकी हुँदा उनलाई आफ्नै आमाले रेप गर्न दिएकी उक्त सोमा बताइन् । उनकी आमा होसमा भएको भए त्यस्तो रेप गर्न नदिने थियो होला उनले बताइन् । उनकी आमाले रक्सी पिएकी बेला उलनलाई रेप गर्ने अनुमती दिएकी उनले बताएकी छिन् ।
डैमीको यो खुलासाको चर्चा चलिरहेको छ । समाजिक संजाल ट्विटरमा मानिसहरुले उनलाई हरेक प्ररकारको प्रश्न गरिरहेका छन् । यो भन्दा पहिला डैमीले हार्पर्स बाजारसंग अन्तर्वाता आफ्नो बिग्रेको सम्बन्धको बारेमा बोलेकी थिइन् । उनले आफ्नो विवाह खतरामा रहेको बताएकी थिइन् ।
डैमीले बताइन् की उनको पति एस्टनलाई बाथटवमा दुई महिलासंग भेटिए र उनी उनीहरुलाई धोका दिइरहेका थिए । उनको बैबाहीक जीवन सफल भएन । डैमी आफू नेचुरल चाइल्डबर्थ गर्न चाहान्थिन्। किन कि उनी हरेक पलहरुलाई महसुस गर्न चाहाना राख्ने व्यक्ति हुन् । उनी भन्छिन्, ”त्यसमा मैले पीडा पनि सहन पर्ने थियो । र इमान्दारीताको साथ भन्ने हो भने आफ्नो जीवनको एक पल पनि खेरा जान दिन चाहेकी थिएन।”
डैमीले एस्टनसँग २००५मा बिवाह गरेकी थिइन् भने २०१३मा छुट्टिएका थिए। फ्रेडी मूरसँग उनले १९८०मा पहिलो विवाह गरेकी थिइन्। त्यसपछि १९८७मा उनले फेरि उनले ब्रुस विल्ससँग बिवाह गरिन् र सन् २००० त्यो विवाह पनि टिकेन।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।