- राम गोपाल तमखु,
भक्तपुर । भक्तपुरमा नेवारी बाजाबाट नेपाल भ्रमण वर्ष २०२० को तयारी स्वरुप ‘कुटम्ब लाइभ इन भक्तपुर’ सागितिक कार्यक्रम गरेको छ । भक्तपुरको तचपाल टोल (दत्तात्रिय)मा कुटम्ब लाइभ इन भक्तपुर विद इन्दिरा लाछिमस्यू भएको हो । ख्वप संगीत संस्थान र स्वीट्स इभेन्टस प्रालि भक्तपुरको संयुक्त आयोजनामा विहीबार राति कार्यक्रम भएको हो ।
परम्परागत नेपाली बाजालाई नयाँं पुस्तालाई उत्साहित गर्न कार्यक्रम गरेको जनाइएको छ । कार्यक्रममा कुटुम्बले आफ्ना विश्व चर्चित धुनहरु प्रस्तुत गरेको थियो । त्यसमा मुख्य प्रस्तुति भक्तपुरकी चेली इन्दिरा लाछीमस्यूको रहेको थियो ।
कुटुम्ब व्याण्ड नेपाली बाजा संरक्षणका लागि जुटेको समूह हो । कार्यक्रममा व्याण्ड सदस्यहरु बबित महर्जन, राजु महर्जन, अरुण मानन्धर, सिद्धार्थ महर्जन, रुविन महर्जन र किरण नेपालीले पनि प्रस्तुत गरेका थिए । व्याण्ड वेम्वरको म्यानेजर अरुण गुरुङका अनुसार पर्यटन प्रबद्र्धनका लागि कार्यक्रम गरिएको हो ।
कुटुम्व व्याण्डलाई किशोर ढुकुछुको अगुवाईमा भक्तपुर ल्याएर प्रस्तुत गराइएको थियो । स्विट्स इभेन्टसका कीर्तन अवालका अनुसार कार्यक्रममा दर्शकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । मतिना त्वानाबासूले उदघोषण गरेका कार्यक्रमको मुख्य आकर्षण रुपमा नेवारी ड्रेस रहेको थियो । प्रमुख आकर्षणको रुपमा इन्दिराको प्रस्तुतिमा दर्शकहारुले भरपुर मनोरञ्जन, आनन्द लिएका थिए । कपिल कसपालले भक्तपुर झल्किने गीत गाएर कार्यक्रम सुरु भएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।