- सुमन कार्की,
पाल्पा । लोक दोहोरी गायिका कमला गैरेको नयाँ लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द तथा संगीतमा ‘सुन्तला’ गीतको भिडियो सार्वजनिक भएको हो । संगीतकार रेग्मीकै शब्दमा ‘सुन्तला’ गीतलाई कमला गैरे र तेजश आफैले स्वरबद्ध गरेका छन् ।
गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई करण चौशिरले छायाङ्कन गरेका हुन् । प्रविण भट्टको सम्पादन रहेको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा रामजी खाँड, रविना मिजार र विन्दु सुन्धौली फिचर्ड रहेका छन् । लोक दोहोरी गायिका कमला गैरेले हालसम्म दर्जनौं गीतह?मा स्वर दिइसकेकी छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।