
एजेन्सी । बलिउड अभिनेत्री अमीषा पटेललाई अदालतले पक्राउपुर्जी जारी गरेको छ। उनीमाथि चेक बाउन्सको आरोप लागेपछि राँची अदालतले पक्राउपुर्जी जारी गरेको हो।
अभिनेत्री अमीषालेलाई निर्माता अजय कुमारले २.५ करोड रुपैयाँ बराबरको चेक बाउन्सको आरोप लगाएका थिए । अमीषाले अजयबाट सन् २०१८ मा फिल्म ‘देसी मैजिक’ निमार्णका लागि लिएको रकम फिर्ता माग्दा नदिएको र बहाना बाजी गरेको आरोप अजयले लगाएका छन् ।
अजयलाई अमीषाले फिर्ता गरेकी २.५ करोडको चेक बैंकमा बाउन्स भएपछि दुई जनाबीच विगत केही समयदेखि मुद्दा चलिरहेको छ। पैषाको विषयमा अमिसाले उल्टै अजयलाईनै धम्कयाउने गरेको आरोप पनि छ। यो भन्दा पहिला पनि अमीषाविरुद्ध ठगी सम्बन्धमा मुद्धा परेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।