
काठमाडौं । फिल्म ‘घामड शेरे’ को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक भएको हो।
फिल्ममा रियल जोडी अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । निश्चललाई किसानको भुमिकामा देखाइएको छ । फिल्म हेमराज विसीले निर्देशन गरेका हुन् ।
फिल्ममा निश्चल र स्वस्तिमा साली भेनाको रुपमा प्रस्तुत भएका छन् । फिल्ममा निर्देशक विसी र सिमोश सुनावारले लगानी गरका छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिचे हुन् भन् सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्मको कथा निर्देशक विसीले नै तयार पारेका हुन् ।
फिल्ममा निश्चल र स्वस्तिमाको साथै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायत कलाकारको अभिनय रहेको छ । फिल्म कार्तिक ८ गते प्रदर्शन हुँदैछ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।