एजेन्सी । बलिउडका अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यनबीचको सम्बन्ध केही महिनाको डेटिङपछि समाप्त भएको छ । उनीहरुले एक अर्काबाट अलग हुने फैसला लिएका छन् ।

सारा र कार्तिक अलग हुनुमा व्यक्तिगत नभइ प्रोफेशनल रहेको बताइएको छ । सारा र कार्तिक आ – आफ्नो बलिउड प्रोजेक्टमा व्यस्त रहेको कारण एक अर्कालाई समय दिन नपाएको खबर भारतीय मिडियाहरुले लेखेका छन् । सारा र कार्तिकले फिल्म आज कल को शुटिङ सकेपछि एक अर्कालाई समय दिने कोसिस पूरा गरेका थिए । तर दुबै जना फिल्मको काममा धेरै व्यस्त भएको कारण समय दिन नसकेका हुन्।
कार्तिक फिल्म ‘पति पत्नी र व’ का सुटिङ पूरा भएपछि ‘दोस्ताना २’ को सुटिङ गरिरहेका छन् । सारा भने फिल्म ‘कुली नम्बर एक’ को सुटिङमा व्यस्त छिन् । सारा र कार्तिकबीचको सम्बन्धमा फिल्मको काम आएको छ । जसले गर्दा नै उनीहरु दुईले एक अर्कालाई समय दिन नसकेका मिडियामा उल्लेख छ । अहिले उनीहरु छुटिनुपर्ने अवस्थामा पुगेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।