काठमाडौं । चलचित्रको छायाङ्कन सकेर फुर्सदको समयमा रहेकी नायिका वर्षा सिवाकोटी यतिखेर अमेरिकामा छिन् । उनी यति बेला अमेरिकामा रहेका प्रेमी सविनजंग थापाको साथमा अमेरिकामा घुमफिर गर्दै छुट्टि मनाइरहेकी छिन् ।

सविनले आफ्नो फेसबुक स्टोरीमा वर्षासँगको केही प्रेमिल तस्विरमा वर्षाको नाम लेखेर लभ इमोजी राखेका छन् । यसबाट पनि उनीहरु एकअर्काको प्रेममा रहेको बुझिएको छ । यद्यपि, प्रेम सम्बन्धको विषयमा अहिलेसम्म वर्षाले भने मुख खोलेकी छैनन् ।
फिल्म ‘नाईं नभन्नू ल २’बाट नेपाली रजतपटमा अभिनय यात्रा सुरु गरेकी वर्षाको फिल्मी करिअर खासै सुखद नरहेपनि अभिनय र सुन्दतरताले दर्शकको मन जित्न सफल छिन् ।
वर्षा हालसालै फिल्म ‘लक्का जवान’को छायांकन सकेर अमेरिका उँडेकी हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।