- इरफान अली
पर्सा । वीरगंजस्थित आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को अवसरमा विहीवार पहिलो दिन प्रभात फेरी निकालिएको छ ।
वीरगंजस्थित घण्टाघरबाट निकालीएको प्रभात नगरको परिक्रमा गरी आर्दशनगर रंगशालामा पुगेको छ । नगरको विभिन्न स्थानवाट झाँकी सहितको निकालिएको प्रभात फेरीमा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत सहित स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।