- सुदिप पाैडेल
काठमाडौँ । फिल्म छायाङकन अगावै बहुप्रतिक्षित बनेको यो बर्षको बहुप्रतिक्षित चलचित्र प्रेम गित ३ को शुभमुर्हत भएको छ । काठमाडौंको दक्षिणकाली मन्दिरमा चलचित्रको शुभमुर्हत भएको हो । शुभमुर्हत गरि चलचित्रको छायांकन सुरु गरिएको निर्माता सेनले जानकारी दिनुभयो ।
चलचित्रको छायांकन मनाङ र काठमाडौमा हुनेछ । ३० प्रतिशत छायांकन काठमाडौमा हुने र बाकी मनाङमा हुनेछ । चलचित्रको छायांकनका लागि सेट निर्माण गरिएको थियो । उक्त सेटमा चलचित्रको आज देखि धमाधम छायांकन भैरहेको छ ।
आज देखि फ्लोरमा जाँदै गरेको ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष राउत ,पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा, योगिशा खत्री लगायत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा लेखेका हुन् ।
सन्तोष सेनको प्रेमगित ३ मा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह(निर्मातामा छन् । वर्षकै ठूलो फिल्मको रुपमा लिइएको ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।