- अमर काफ्ले
इनरुवा । मिस्टर एण्ड मिस लिटल कोशीको उपाधिमा इनरुवाले वर्चश्व जमाएको छ । प्रतियोगितामा सहभागिता जनाएको इनरुवा इङ्गिलस बोर्डिङ स्कूलका विद्यार्थीले तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधिमाथि वर्चश्व जमाएका हुन् ।
जय मिडिया म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सुनसरीको इनरुवा सहित धरान, विराटनगर र धनकुटाका प्रतियोगिहरु सहभागि थिए । १४ वर्ष मूनिका विद्यार्थीलाई प्रतियोगितामा सहभागि गराइएको थियो । विभिन्न विद्यालयबाट प्रतियोगितामा सहभागि मध्ये २९ जना विद्यार्थीले फाइनल राउण्डमा प्रतिष्पर्धा गरेका थिए ।
जसमध्ये १५ जना इनरुवा इङ्गिलस बोर्डिङ स्कूलका विद्यार्थीले उपाधि हात पार्न सफल भएका हुन् । इटहरीमा सम्पन्न फाइनलमा इनरुवा इङ्गिलस बोर्डिङ स्कूलमा अध्ययनरत आस्था राजभण्डारीले मिस लिटल कोशी २०१९ को उपाधि जितेकी छिन् ।
त्यसैगरी इनरुवा इङ्गिलसकै सृष्टि श्रेष्ठले मिस लिटलको तर्फको सेकेण्ड रनरअपको उपाधि हात पारेकी छिन् । यस्तै एलिना गुरुङ (अर्गनाइजर च्वाइस), स्मृति विश्वकर्मा (सर्वोत्कृष्ट), स्नेहा चौधरी मिस ट्यालेन्ट, सुभेच्क्षा राउत आउटस्टान्डिङ, आन्या उराँव ईन्टरटेनर, गाजल अधिकारी मिस रिफ्रेसिङ फेस, भावना बस्नेत मिस पर्सनालिटी, स्वस्ती श्रेष्ठ मिस डिसिप्लेन, प्राची श्रेष्ठ मिस ब्यूटिफुल स्माईल, युभियाना कोइराला मिस चार्मिङ, आरध्या कोइराला मिस ब्यूटिफूल, मान्यता कार्की मिस ब्यूटिफूल आई र अक्षता पाण्डेले मिस एक्टिभ अवार्ड हात पारे ।
यस्तै मिस्टर तर्फको फस्ट रनरअप १३ वर्षीय आर्यन कर्ण र सेकेण्ड रनरअप इनरुवाकै १४ वर्षका समय सुब्बा घोषित भए ।
विद्यार्थीहरुको प्रतिभा र व्यक्तित्वका आधारमा मूल्याङकन गरिएको थियो । प्रतियोगिताको निर्णायकमा अभिनेता सलोन बस्नेत, मिस कोशीकी बिजेता रेखा कार्की, मिसेस कोशीकी बिजेता रेनुका लिम्बु र व्यवसायी रोशन घिमिरे रहेका थिए ।
यसैबीच मिस लिटक कोशी सहित विभिन्न उपाधि जितेका आफ्ना विद्यार्थीहरुलाई इनरुवा इङ्गिलस बोर्डिङ स्कूलले एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
संस्थापक गोपाल कोइराला सहित प्रिन्सिपल शिशिर दत्तका साथै बिष्णु कोइराला, हेमन्त शर्मा लगायतका शिक्षक शिक्षिकाहरुले विभिन्न उपाधि विजेता विद्यार्थीहरुलाई सम्मान गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।