एजेन्सी । लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हैु’ गाएर रातारात युट्युबमा भाइरल बनेकी रानू मण्डल पूनः विवादमा परेकी छिन् ।
हालै एक कार्यक्रममा जाँदा रानूले गरेको मेकअपलाई लिएर अहिले सामाजिक संजालमा ट्रोल बनेको छ । उक्त कार्यक्रममा रानुले गरेको नसुहाउँदो मेकअपलाई लिएर सामाजिक संजालमा ब्यंङ्ग्य गरिएको छ ।
सडकमा गीत गायर गुजारा चलाउने रानुले गाएको गीत युट्युबमा भाइरल भएपछि गायन तथा नायक हिमेश रेशमियाले रानुलाई मुम्बई बोलाएर फिल्ममा गायने अवसर दिए । उक्त फिल्ममा रानु र हिमेशले साथमा गाएको गीत ‘तेरी मेरी कहानी’ हिट भएपछि एउटै गीतले रानु सडकमा गाउने गायिकाबाट स्टेजमा गाउने गायिका बनिन् ।
बिस्तारै उनको माग फिल्मको पार्श्व गायन तथा रियालिटी शोहरुमा समेत बढ्न थाल्यो । तर पछिल्लो समय रानुलाई घमण्डी बनेको आरोप लागेको छ । उनले यसअघि एक फ्यानले नजिक गएर बोलाउँदा अब म सामान्य मानिस होइन सेलिब्रिटी भइसकें भनेर जवाफ फर्काएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।