काठमाडौं । फिल्म ‘चपली हाइट ३’ को शुभ मुहूर्त काठमाडौंको कार्य विनायक मन्दिरमा भएको छ ।
मंगलबार मुहूर्त भएको फिल्म चपली हाइट ३’ को छायांकन मंसिर ५ गतेबाट सुरु हुने बताइएको छ । फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । फिल्ममा स्वस्तिमा–महेश र सुपुष्पा–प्रतिकको जोडी रहेको छ ।
फिल्मको महूर्तमा निर्माता अर्जुन कुमार, निर्देशक निकेश खड्का अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अभिनेता अमिर गौतम र नव अभिनेता महेश त्रिपाठी लगायत उपस्थित भएका थिए ।
अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको निर्माता अर्जुनले बताएका हुन् । फिलम चैतमा प्रदर्शनमा ल्याउने तयारी गरिएको निमार्ता टोलीले बताएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।