काठमाडौँ । काफल खान्या कुइयाँको सफलतापछि गायक जनक ताम्राकारकोे ‘पियार’ बोलको गीत सार्वजनिक भएको छ । पश्चिमेली लवजमा रहेको ‘काफल खान्या कुइयाँ’ गीतको सफलता पछि उनले ‘पियार’ बोलको गीत बजारमा ल्याएका हुन् ।
गीतमा गायक जनक र निकीता थापाको आवाज रहेको छ । भने गीतको शब्द सृजना तथा संगीत महेश ताम्राकरले भरेका छन् । गीतको एरेन्ज प्रसन परियारले गरेका हुन्। नेपाली सांगेतिक क्षेत्रमा फरकपन दिन खोज्ने ताम्रकारको यो गीत पनि चलन चल्तीमा आएका गीत संगीत भन्दा पृथक छ।
गहिरो ढंगले माया प्रेमको बयान गरेको गीतको संगीत हृदय स्पर्शी रहेको छ । गीतको म्यूजिक भिडियोमा पनि जनक र निकीतालाई देख्न सकिन्छ । यस गीतको भिडीयोग्रफी सन्जवी राईले गरेका हुन् । यसअघि गायक जनक ताम्राकारले काफल कम्ला, लौ लौ सरररलगायत गीत ल्याइसकेका छन्।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।