एजेन्सी । दक्षिण कोरियाको उच्च अदालतले के–पप स्टार जङ जुन योङ्ग र चोई जंग हुनलाई सामूहिक बलात्कार र सो सम्बन्धी भिडियोको फुटेज सार्वजनिक गरेको आरोपमा दोषी ठहर गर्दै जेल चलान गरेको छ।
जङ र एफटी इज्ल्यान्ड नामक के–पप ब्याण्डको पूर्व सदस्य जङ जुन र चोई जंगलाई दुई फरक सामूहिक बलात्कारको आरोपमा अदालतले दोषी ठहर गरेको थियो। अदालतले उनीहरुलाई क्रमशः छ र पाँच वर्षको जेल सजाय सुनाएको छ।
३० वर्षीय जङमाथि मदिरा सेवन गरेर प्रतिकार गर्न असमर्थ महिलालाई बलात्कार गरेको र नग्न तथा यौनक्रीडाको भिडिओ खिचेको ग्रुप च्याटमा हालेको आरोप लागेको थियो। ‘मेरो कारणले पीडितले पीडा खेप्नुपरेको स्थितिबारे थाहा भयो। जुन हामीले कल्पनासमेत गर्न सक्दैनौं,’ उनले भने, ‘मेरो गल्तीप्रति म पश्चाताप व्यक्त गर्छु।’
गत मार्च महिनामा महिलाहरूको भिडिओ गोप्य रूपमा खिचेर सार्वजनिक गरेको स्वीकार गरेपछि उनले संगीत क्षेत्र छाडेको घोषणा गर्नुपरेको थियो।
एफटी इज्ल्यान्डका पूर्व सदस्य चोई जंगले भने आफूले गरेको गल्तीप्रति पश्चाताप नगरेको अदालतले जनाएको छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।