काठमाडौं । फिल्म ‘सम्झना बिर्सना’ सिलिगुडीमा छायाङ्कन भइरहेको छ । फिल्म छायाङ्कनको क्रममा अभिनेत्री पूजा शर्माले आफ्नो दुई तस्वीरहरु सामाजिक संजालमा पोष्ट गरेकी छन् ।

फिल्म सुटिङको क्रममा लिएको तस्वीर पूजाले तपाईहरुको सम्झना भन्ने क्याप्सन राखेर पोष्ट गरेकी हुन् । उक्त क्याप्सन अनुसार उनको नाम फिल्ममा सम्झना रहेको अन्दाज लगाउन सकिन्छ । उनले राम्रो तस्वीर खिचेकोमा अभिनेता आकाश श्रेष्ठलाई धन्यबाद दिएकी छन् ।

सार्वजनिक तस्वीरमा पूजा कतै लजालु त कतै रिसाहा अवतारमा प्रस्तुत भएकी छन् । फिल्मलाई निमेष प्रधानले निर्देशन गरिरहेका छन् । आदित्य फिल्मसको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई शिव ढकालले खिचिरहेका छन् ।
फिल्ममा पूजा र आकाशसँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।