- सुवास लामिछाने
पर्वत । वरिष्ठ गायक कस्तुप पन्त सम्मानित भएका छन् । उनी फलेबासमा भएको नगरकै पहिलो महोत्सवको अवसरमा सम्मानित भएका हुन् ।

फलेबासमा आयोजित युनाइटेड स्पोर्टस क्लवले आयोजना गरेको महोत्सव कार्यक्रममा विहीबार संयोजक अच्युत कृष्ण श्रेष्ठ ,गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले पन्तलाई सम्मानित गरेका थिए।

लोक तथा आधुनिक गीतसंगीतको नक्षेत्र संगितकार एवम् सकलक पन्तले सांगितिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान प्रदान गेरेको थियो। फलेबास नगरपालिका– ७ लिमिठानामा जन्मिएका पन्तले गीतसंगितको माध्यमबाट नगर र जिल्लालाई विस्व समुदाय माझ चिनाएको भन्दै सम्मानित गरिएको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका अध्यक्ष अच्युत कृष्ण श्रेष्ठले बताए ।
पन्तले एक हजार भन्दा बढी लोक तथा दोहोरी गीतहरुमा शव्द तथा लय सृजना र २ सय ५० भन्दा बढी आधुनिक गीत रचना तथा संगीत गरेका छन् । पन्त पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष समेत छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।