काठमाडौं । कार्तिक आर्यन, भूमि पेड्नेकर र अनन्या पाण्डेको फिल्म ‘पति पत्नी और वो’ले सुखद् ओपनिङ गरेको छ । अर्जुन कपुर, सञ्जय दत्त र कृति सेनन अभिनित फिल्म ‘पानीपत’लाई टक्कर दिदै ‘पति पत्नी और वो’ले पहिलो दिन ९.१० करोड भन्दा बढीको ब्यापार गर्न सफल बनेको छ ।
यो सँगै अभिनेता कार्तिक आर्यनको करियरकै सबै भन्दा ठूलो ओपनर फिल्म सावित भएको छ । कार्तिक आर्यनले फिल्म ‘प्यारका पंचनामा’ (२०११) बाट बलिउडमा डेब्यु गरेका थिए । सो फिल्मले पहिलो दिन ९२ लाखको कमाई गरेको थियो ।
कार्तिकको उक्त फिल्मलाई पनि दर्शकहरुले निकै रुचाएका थिए । कार्तिकको अभिनयको तारिफ पनि उत्तिकै भएको थियो ।
त्यस्तै कार्तिक आर्यनको अर्को फिल्म ‘सोनु के टिटुकी स्वीटी (२०१८)ले पहिलो दिन ६.४२ करोड कमाएको थियो, भने अर्को फिल्म ‘पंचनामा-२’ (२०१५)ले ६.८० करोड कमाएको थियो ।
त्यसपछि अभिनेत्री कृति सेननसँगको फिल्म ‘लुकाछुपी’ले पहिलोफिल ८.०१ करोडको कमाई गरेको थियो । यो फिल्ममा पनि कार्तिक आर्यानको अभिनयको तारिफ भएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
