एजेन्सी । बलिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ । फिल्मी क्षेत्रमा एक उमेरसम्म ग्ल्यामरस देखिन र टिकिरहन मेकअप र पहिरनको मेन्टेन अपरिहार्य जस्तै भएपनि धेरैजसोे नायिकाहरु उमेर बढ्दै गएपछि आफ्नो फिटनेसमा ध्यान दिन छाड्छन् ।

तर भारतीय अभिनेत्री नीना गुप्ता ६० वर्षको उमेरमा पनि उत्त्तिकै फिट र फेसनेबल मानिन्छिन् जती कम उमेरका नायिकाहरु हुन्छन् । हालै नीनाले एक फोटो इन्स्टाग्राममा शेयर गरिन् जुन तस्वीरलाई लिएर धेरैले स्मार्ट र ग्ल्यामरस देखिएकी भन्दै उनको तारिफ गरेका छन् ।
नीनाले इन्स्टाग्राममा शेयर गरेको फोटोमा प्रिटेन्ड फ्रक लगाएकी छिन् । जसमा उनलाई निकैनै ग्ल्यामरस र योङ्ग देखिएको छ । नीना अभिनयमा मात्र अब्बल मानिन्नन् समयसापेक्ष आफुलाई फिट राख्न समेत माहिर मानिन्छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।