
एजेन्सी । बलिउड अभिनेता शाहिद कपूर एक अवार्ड समारोहको बीचबाटै निस्किएका छन् । अवार्ड नपाएपछि उनी कार्यक्रमको बीचबाटै उठेर हिँडेको खबर आएको छ ।
अवार्ड समारोहमा शाहिदको पनि परफर्मेन्स रहेको थियो तर उनले गरेनन् । उक्त कार्यक्रमा अभिनेता रणवीर सिंहले अवार्ड पाउने बित्तिकै उनी समारोहबाट बाहिरिएका छन् ।
स्टार स्क्रिन अवार्डस २०१९ मा उत्कृष्ट अभिनेताको उपाधि ‘गली ब्वाई’ बाट रणवीर सिंहले पाए। शाहिदले कार्यक्रम छोडेर हिँडेपछि अभिनेता वरुण धवनले परफर्मेन्स दिए।
यस वर्ष प्रदर्शनमा आएको शाहिद कपूरको फिल्म ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भयो। फिल्म ‘कबिर सिंह’ बाट कबिरको अभिनयलाई दर्शकले खुब मन पराए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।