काठमाडौं, ०४ माघ । बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ले दर्शकमाझ रिलिजमा आएको २२ दिनपछि पनि बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ ।
‘गुड न्यूज’ रिलिजमा आएको २२ औं दिन (शुक्रबार) पनि दुई करोड भन्दा बढीको व्यापार गरेको छ ।
यस हिसाबले ‘गुड न्यूज’को बक्स अफिस कलेक्शन करीब २०० करोड क्लबमा पुग्न लागेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार अहिलेसम्म यस फिल्मले १९७.१० करोडको कमाई गरिसकेको छ । फिल्ममा अक्षय कुमार र करिना कपुरको जोडीलाई निकै रुचाइएको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरेको जानकारी अनुसार ‘गुड न्यूज’ले पहिलो साता १२७.९० करोडको बक्स अफिस कलेक्शन गरेको छ । त्यस्तै दोस्रो साता ५३.४६ करोड र तेस्रो साता १५.७४ करोडको बक्स अफिस कलेक्शन गरेको छ ।
दीपिका पादुकोणको ‘छपाक’ र अजय देवगनको ‘तानाजी : द अनसंग वारियर’ सँगै रिलिजमा आए पनि अक्षय कुमारको ‘गुड न्यूज’को व्यापारमा भने खासै असर गरेन । अब यो फिल्मले चाँडै २०० करोडको क्लबमा इन्ट्री गर्ने आँकलन गरिएको छ ।
यो फिल्ममा अक्षय कुमारले बरुणको भूमिकालाई कुशलता पूर्वक निभाएका छन् । त्यस्तै अभिनेत्री करिना कपुरले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।