काठमाडौं, ३ माघ । विमानस्थल सुरक्षा चेकजाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले गायिका आस्था राउतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
श्रेष्ठले बर्दीमा रहेर आफ्नो ड्यूटी निभाउँदा उल्टै आफुमाथि गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै आस्थालाई कारवाहीको माग गरेकी हुन् । उनले दिएको उजुरीउपर उपयुक्त कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।
गायिका आस्था राउतले बिहीवार फेसबूक लाइभमार्फत विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीबाटै दर्व्यवहार र अपशब्द प्रयोग भएको भन्दै प्रहरीप्रशासनमाथि खनिएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।