काठमाडौं, ११ साउन । चर्चित गायक शम्भू राई र अञ्जु गौतमको नयाँ गीत सार्वजनिक गरिएको छ । गायक शम्भू राईको आफ्नै शब्द/संगीतमा ‘ए नि हौ आँखैमा झलझली’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
नोर्बु शेर्पाको एरेञ्ज रहेको ‘ए नि हौ आँखैमा झलझली’ गीतलाई श्याम लिम्बूले रेकर्ड गरेका हुन् । अवि लामाको निर्देशनमा बनेको गीतको भिडियोमा फुन्देको आमा (उमेश राई), अनिता गोले, पर्वन राई, कमल सिंह, ज्योति खड्का फिचर्ड छन् ।
[embedded content]
योद्धा लामाको कोरियोग्राफी रहेको भिडियोलाई सूर्य लामाले छायाङ्कन र सम्पादन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।