एजेन्सी, ८ साउन । बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको भन्ने खबर गलत रहेको पुष्टि भएको छ । भारतीय मिडियाले उनको रिर्पोट नेगेटिभ आएको खबर प्रसारण गरिएको थियो ।अमिताभले बिहीबार साँझ आफ्नो ट्वीटरमा भारतीय समाचार च्यानल ‘टाइम्स नाउ’ले आफ्नो बारेमा प्रसारण गरिएको समाचार गलत भन्दै समाचारको भिडियो सेयर गरेका छन् । उनले भारतीय च्यानल ‘टाइम्स नाउ’को ट्विटरमा सेयर गरेको आफ्नोबारे भिडियो रिपोर्ट रि–ट्विट गर्दै भनेका छन्,“ यो समाचार गलत, गैरजिम्मेवारपूर्ण, नक्कली र एक अयोग्य झुट्टो हो ।अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनमा जुलाई ११ मा कोरोना संक्रमण देखिएपछि उनीहरु मुम्बाईस्थित नानावती अस्पतालमा उनीहरु भर्ना भएका थिए । अहिले पनि उनीहरु अस्पतालमा नै छन् । तर आज बिहान भारतीय मिडियाहरुले भने अमिताभ र उनका छोरा अभिषेकको परीक्षण नेगेटिभ आएको जनाएको थियो । उनीहरु चाँडै अस्प्तालबाट डिस्चार्ज हुने रिपोर्ट तयार पारिएको थियो ।
भारतीय मिडियामा आएको कोरोना रिपोर्ट नेगेटिभ आएको र चाँडै डिस्चार्ज हुँदैछन् भन्ने समाचार गलत भएको अमिताभले पुष्टि गरेका हुन् । उनको बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना पाइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।