- भगतराम थारु
नेपालगन्ज, ०७ भदौ । थारु समुदायको अटवारी पर्व भाद्र ७ गते अर्थात आजको दिन गोरी गोरी बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ । गोरी गोरी दिल मोर चोरी बोलको थारु म्युजिक भिडियो सीएस फिल्मस् प्रालि धनगढीको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
गोरी गोरी बोलको गितमा मोडल आरिक चौधरी र कालिका चौधरीको मुख्य भुमिका रहेको छ । कैलाली, कन्चनपुर र टिकापुरमा उक्त गितको छाँयाङकन भएको सीएस फिल्मस् प्रालि धनगढीका प्रोप्राईटर सतिश सिन्हाले जानकारी गराउनुभयो ।

थारु समुदायको महान पर्व अटवारीको शुभ अवसरमा भाद्र ७ गते साढे ११ बजे गोरी गोरी बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको उहाँले जानकारी गराउनुभयो । चर्चित गायक गणेश चौधरी र चर्चित गायिका अनु चौधरीको स्वरमा रहेको गोरी गोरी बोलको गितमा क्यामरा तथा इडिटिङ्ग सतिश सिन्हाले गर्नुभएको छ भने डाइरेक्सन सुधराम दहितले गर्नुभएकाे छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।