काठमाडौं, ११ भदौ । गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीले महाविपतको समयमा फ्रन्टलाइनमा खटिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुक्षाकर्मीलगायतलाई समर्पित गर्दै ‘धन्यबाद’ सार्वजनिक गरेका छन् ।
राजन अधिकारी र सुगम पोखरेलको शब्द तथा सुगम पोखरेलको आफ्नै संगीतमा ‘धन्यबाद’ सार्वजनिक गरिएको हो । अलीन श्रेष्ठको निर्देशनमा भिडियोलाई उत्तम हुमागाईं र असु बस्नेतले छायाङ्कन गरेका हुन् ।
गीतलाई शैलेन्द्र एम प्रधानले एरेञ्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन्, भने लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमार्फत् समाजमा कोरोना महामारी फैलन नदिन फ्रन्टलारइनमा लडिरहेका चिकित्साकर्मी, सुरक्षाकर्मीलगायतलाई सम्मान र प्रोत्साहन दिइएको छ ।
समाजलाई संक्रमणबाट जोगाउन खटिएका चिकित्साकर्मीलाई सम्मान गर्दै सुगम पोखरेल र बाल गायक प्रारम्भ भण्डारीले ‘धन्यबाद’ सार्वजनिक गरेका हुन् ।
गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नुपर्ने सन्देश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनी खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सम्पूर्ण अग्रपंक्तिमा काम गर्नेहरुलाई यस गीतमार्फत् धन्यवाद दिइएको छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।