- सविन लामिछाने
तनहुँ, १४ भदाै । गीत प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँकाे प्रस्तुतिमा लघु चलचित्र ‘कहर’ सार्वजनिक भएकाे छ। कोरोनाका कारण सर्वसाधारणकाे जनजीवनमा परेकाे प्रभावलाइ लघुकथा मार्फत सार्वजनिक गरिएकाे हाे ।
आकाश अधिकारीकाे कथा रहेकाे लघु चलचित्र ‘कहर’मा दिवाकर भट्टराइ, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पाैडेल (रामु) लगायतका कलाकारकाे भूमिका रहेकाे छ । काेपिला सुनारकाे छायांकन र भिडियो छायांकन रहेकाे चलचित्रकाे निर्देशन समुन्द्र पाैडेलले गरेका हुन् ।
कोरोनाका कारण पत्रिका बितरककाे परिवारमा देखा परेको अवस्थालाइ लघु चलचित्रमा उतारिएकाे लघुचलचित्रका लेखक आकाश अधिकारीले जानकारी दिए । ‘काेरोनाले सबै वर्गलाइ समस्या पारेकाे अवस्था छ,’ उनले भने, ‘यही अवस्थामा पत्रिका वितरण गर्ने व्यक्ति र उनको परिवारकाे कथावस्तुलाइ समेट्न खाेजेका हाैँ ।’
लघु चलचित्रमा काेरोनाले पारेकाे प्रभावलाइ उतार्ने प्रयास गरेकाे निर्देशक समुन्द्र पाैडेलले बताए । ‘काेरोनाले घरभाडामा बस्ने व्यक्ति, साना व्यवसायी, सर्वसाधारण सबै वर्गलाइ समस्यामा पारेकाे छ,’ उनले भने, ‘यही विषयबस्तुलाइ चलचित्रमा समेटेका हाैँ ।’
पछिल्लो समय तनहुँमा म्यूजिक भिडियो, लघु चलचित्र निर्माण हुन थालेपछि स्थानीय कलाकारहरूले समेत कलाकारितामा अवसर पाउन थालेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।