काठमाडौं, २२ भदौ । बलिउड अभिनेत्री कंगना रनौतलाई हिमाचल प्रदेश प्रहरी सुरक्षा दिनेभएको छ । हिमाञ्चल प्रदेशका मुख्यमन्त्री कार्यालयले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ।
कंगनाको बुवाले मुख्यमन्त्रीलाई पत्र लेखेर छोरीलाई सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेपछि प्रदेश सरकारले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार कंगनाको घरमा समेत सुरक्षाकर्मी तैनाथ गरिनेछ।
अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्याको बारेमा आवाज उठाउँदैं आएकी उनी हिमाञ्चल प्रदेशमैछिन् । उनी ९ सेप्टेम्बरमा मुम्बई जादैंछिन् र उनले आफुलाई चलचित्र माफियाभन्दा मुम्बई प्रहरीसँग बढी लाग्ने गरेको बताउदै हिमाञ्चल प्रहरी वा केन्द्रीय प्रहरीले सुरक्षा दिनुपर्ने उनले माग गरेकी थिइन्।
Kangana Ranaut’s father has given in writing asking for police protection. I’ve directed DGP in this regard. She’ll be provided security here. We are also discussing what can be done to provide security to her outside HP as she is leaving for Mumbai on 9 Sept: Himachal Pradesh CM pic.twitter.com/b5jUK5uGhJ
— ANI (@ANI) September 6, 2020
आफ्नो प्रदेश बाहिरको सुरक्षा आफुहरुले के गर्न सयिकन्छ भन्ने विषयमा भने छलफल भइरहेको हिमाचल प्रदेशका हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले बताए ।
शिव सेनाका नेता सञ्जय राउतले कंगनालाई मुम्बई नआउन भनेका थिए। उनको चेतावनीपछि कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेकी थिइन्।
एक न्यूज च्यानलसँग कुरा गर्दा संजय राउतले कंगना रनौतलाई ‘हारमखोर केटी’ भनेर समेत बोलाएका थिए।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।