काठमाडौं, ३ असोज । कोरोना महामारीको चपेटामा परेका एक सय १३ जना चलचित्र प्राविधिकहरुलाई महानायक राजेश हमालले आर्थिक सहयोग गरेका छन् ।
शनिबार (आज) नेपाल प्राविधिक संघले आयोजना गरेको एक कार्यक्रमकाबीच महानायक हमालले एक सय १३ जना प्राविधिकहरुलाई जनही पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेका हुन् ।
चलचित्र प्राविधिक संघका अनुसार कोरोना संक्रमणका कारण समस्यामा परेका प्राविधिकहरुलाई महानायक हमालले पाँच लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । संघका अनुसार नेपाल चलचित्र प्राविधिक संघमा १५ सय प्राविधिकहरुको नाम सूचिकृत छ ।
जसमध्ये पनि कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका एक सय १३ जना प्राविधिकहरुलाई आर्थिक सहयोग वितरण गरिएको हो ।
प्राविधिक संघका अनुसार समस्यामा परेका प्राविधिकहरुलाई पटक-पटक आर्थिक सहयोग गर्ने गरेको र सकेसम्म सबैलाई पु¥याउने खोजिएको छ ।
त्यस्तै, महानायक हमालले पनि आफ्नो लागि प्राविधिकहश्र सँधै उच्च स्थानमा रहेका बताए । आफूले सहयोग गरेको रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गर्दै आगामी दिनहरुमा पनि समस्या बढ्दै गएको अवस्थामा पुनः सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।