एजेन्सी, ८ असाेज । भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले लागुऔषध खरिद प्रकरणमा बलिउड चार जना अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ । सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा बलिउड-लागुऔषध खरिद प्रकरण जाेडिएपछि एनसिबीले बुधबार चार जना अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको हाे ।
एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई सोधपुछका लागि उपस्थित हुने आदेश दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसिबीका वरिष्ठ अधिकारीले उनीहरूलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । एनसिबीका वरिष्ठ अधिकारीले यस प्रकरणमा ट्यालेन्ट म्यानेजर जय साहले केही महत्वपूर्ण सूचना दिएको बताएका छन्।
यसअघि एनसिबीले सेप्टम्बर ८ मा लागुपदार्थ प्रयोग गरेको भन्दै अभिनेत्री रिया चक्रवर्तीलाई पक्राउ गरेको थियो।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।