काठमाडौं, २५ असोज । हाम्रो छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणका कारण बन्द भएका फिल्म हलहरु १५ अक्टोवरबाट खुल्ने भएका छन् । कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द भएका फिल्म हलहरु १५ अक्टोवरबाट खोलिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।
कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लामो समयसम्मको लकडाउनका कारण बलिउड उद्योगले अरबौंको घाटा व्यहोरेको छ । फिल्म हल खोलिने खबरले बलिउडकर्मीहरु निकै उत्साहित बनेका छन् ।
१५ अक्टोवरदेखि विवेक ओवरायको फिल्म ‘पीएम नरेन्द्र मोदी’ हलमा पुनः रिलिज गरिने भएको छ । उक्त फिल्ममा विवेकले नरेन्द्र मोदीको भूमिका निभाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमतिहरुको संख्या ७० लाख ५३ हजार ८०६ पुगेको छ ।
यसैबीच १ लाख ८ हजार ३७१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ६० लाख ७७ हजार ९७६ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । हाल भारतमा ८ लाख ५७ हजार ४५९ वटा कोरोनाका सक्रिय केशहरु रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।