काठमाडौं, १० कात्तिक । गायक तथा संगीतकार कृष्ण राई र गायिका सुनिता थेगिमको आवाजमा नयाँ पूर्वेली गीत ‘पूर्वेली ठिटी’ सार्वजनिक भएको छ । महेन्द्रदीप राईको शब्द तथा कृष्णभक्त राईको एरेञ्ज रहेको ‘पूर्वेली ठिटी’ गीतमा गायक राईको आफ्नै मेलोडी कलेक्शन रहेको छ ।
गीतलाई मनोज सामासोङ राईले रेकर्ड गरेका हुन् भने राजु कार्कीले मिक्सिङ-मास्टरिङ गरेका हुन् । गीतको भिडियोलाई गायक राईको आफ्नै युट्यूव च्यानल ‘कृष्ण राई अफिसियल’मार्फत् दर्शक श्रोतामाझ सार्वजनिक गरिएको हो ।
[embedded content]
गीतको भिडियोलाई गंगाराम राईले छायाङकन गरेका हुन् । गायक राईले आफ्नो दर्शक/श्रोताहरुलाई नयाँ गीतलाई हेरेर/सुनेर प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।