काठमाडौं, १२ कात्तिक । भर्सटाइल गायक राजेशपायल राई र अमृता राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मीना राईको शब्द/संगीत रहेको पूर्वेली गीत ‘मिठो बोलेर’को अडियो/भिडियो सार्वजनिक गरिएको हो ।
अमृता राईले यही ‘मिठो बोलेर’ गीतमार्फत् सांगीतिक क्षेत्रमा पाइला चालेकी हुन् । गीतलाई कृष्ण भक्त राईले एरेञ्ज गरेका हुन् ।
[embedded content]
भर्जिन भोइस स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई मीन विष्टले मास्टरिङ/मिक्सिङ गरेका हुन् । त्यस्तै, गीतको भिडियोलाई गंगाराम राईले छायाङ्कन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।